नेपालमै बसोबास गर्ने भारतीयको संख्या १ लाख ३२ हजार ७८१ रहेको छ।
जनगणना २०७८ मा नेपालभित्र अक्सर बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैको विवरण संकलन गरिएको थियो। जसअनुसार हरेक व्यक्तिले आफूलाई जुन देशको नागरिकको रूपमा उल्लेख गरेका थिए सो विवरणको विश्लेषण गर्दा ९९.५३ प्रतिशत व्यक्तिहरु नेपालको नागरिक रहेका छन्।
बाँकीमध्ये ०.४६ प्रतिशत भारतीय नागरिक अक्सर नेपालमा बस्छन्।
यसैगरी ०.०१ अर्थात १ हजार ८२२ जना चिनियाँ अक्सर नेपालमै बसछन्।
चैत १०, २०७९, शुक्रबार
प्रतिक्रिया