नेपाल प्रहरीका २ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालयमा कार्यरत डीआईजी उमेशराज जोशीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ।
टेकप्रसाद राई एआईजीमा बढुवा भएपछि लुम्बिनी प्रदेश प्रहरी प्रमुख रिक्त रहेको थियो।
यस्तै, किरण राणालाई बागमती प्रदेश प्रहरी कार्यालय सरुवा गरिएको छ। राणा यसअघि साइबर ब्यूरोमा दरबन्दी भइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत थिइन्।
दीपक थापा एआईजीमा बढुवा भएसँगै बागमती प्रदेश प्रहरी प्रमुख रिक्त भएको थियो।
मधेश प्रदेश प्रमुख पनि रिक्त छ। तर त्यहाँ भने तत्काल कसैलाई पठाउने निर्णय भएको छैन। अन्य दुई प्रदेश कोशी र सूदुरपश्चिममा एसएसपीलाई निमित्त प्रमुखको जिम्मा दिइएको छ।
Shares
प्रतिक्रिया