ad ad

समाज


मिटरब्याज समस्या समाधान हुन्छ, आयोग बनाउने प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगिसकेको छ: गृहमन्त्री श्रेष्ठ

मिटरब्याज समस्या समाधान हुन्छ, आयोग बनाउने प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगिसकेको छ: गृहमन्त्री श्रेष्ठ

नेपालखबर
चैत १९, २०७९ आइतबार १३:१७, काठमाडौँ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन्।

आइतबार स्वास्थ्य परीक्षणपछि आ–आफ्नो घर फर्किन लागेका मिटरब्याज पीडितहरूलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने बताए। सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले पीडितहरू सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेको बताए।

सरकार सहमतिप्रति गम्भिर रहेको भन्दै सहमतिको कार्यान्वयन हुने उनको भनाइ थियो। उनले समस्या समाधानका लागि आयोग बनाउने प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगिसकेको भन्दै आवश्यक निर्णय गरेर प्रक्रिया अगाडि बढ्ने बताए। 

‘वार्ता भएर हामीले सहमति पनि गरिसकेका छौं, सहमति कार्यान्वयन हुन्छ उहाँहरू ढुक्क हुनुहुन्छ। पहिला कार्यान्वयन नभएका कारणले वा समस्या भएको कारणले नै हामीले गम्भीरतापूर्वक लिएर यसलाई कार्यान्वयनमा लैजाने कुरा गरेका हौँ,' उनले भने, 'अब कार्यान्वयन हुन्छ। आयोग बनाउने कानूनको प्रक्रिया अगाडि बढिसकेको छ। आयोग बनाउने प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगिसकेको छ।’

पीडितहरू सहमतिमा सकारात्मक देखिएका छन्। सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनीहरूले आफूहरूले न्याय पाउनेमा विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .