सशस्त्र प्रहरीले सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ४ स्थित कुशाहा सीमा ईलाकाबाट करिब २ लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामानसहित दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
उक्त मोटरसाइकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा तथा चिनी र भारततर्फ लैजादै गरेको मदिरा प्रस्तावित सीमा सुरक्षा गुल्म पातो (बीओपी पातो) ले नियन्त्रणमा लिएको हो।
बरामद सामान तथा मोटरसाइकल आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालयमा बेल्ही तिलाठीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
18
Shares
प्रतिक्रिया