ताप्लेजुङमा बुधबार साँझ वर्षासहित परेको असिनाले हिउँदे बालीनालीमा क्षति पुर्याएको छ।
सदरमुकाम फुङलिङसहित जिल्लाका अधिकांश क्षेत्रमा साँझदेखि बेलुकासम्म हावाहुरी र मेघगर्जनसहित असिना परेको थियो ।
हावाहुरीसहित परेको असिनाका कारण मकै, गहुँ, जौ, सागपात र फलफूल खेतीमा क्षति पुर्याएको स्थानीयले बताएका छन्। यसअघि फागुनको मध्यतिर पनि यहाँ असिना परेको थियो।
45
Shares
प्रतिक्रिया