ad ad

समाज


देशभर वर्षा र तराईमा हावाहुरीको पनि सम्भावना

२४ घण्टाका लागि चेतावनी
देशभर वर्षा र तराईमा हावाहुरीको पनि सम्भावना

फाइल तस्बिर


नेपालखबर
जेठ ९, २०८० मंगलबार ७:८, काठमाडौँ

आज (मंगलबार) देशभर वर्षा तथा तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बिहान दिएको जानकारीअनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

मौसमविद् झाका अनुसार आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको छ। ‘अहिले बादल विकास भइरहेको छ’, उनले भने, ‘१०/११ बजेपछि पानी पर्ने अनुमान गरिएको छ।’

साथै आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको उनले जानकारी दिए।  

मौसमविद् झाका अनुसार केही स्थान भन्नाले थोरै स्थानभन्दा अलि बढी ठाउँ भनेर बुझ्नुपर्छ।

यस्तै आज राति पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेशका पहाडी भेगका थोरै स्थान तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अगाडि भनिएको छ– कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। 

महाशाखाले आगामी २४ घण्टा (बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ– कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी  प्रदेशका केही तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना हुनाले त्यसबाट हुन सक्ने  क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .