खेल


न्यु क्यासल २० वर्षमा पहिलोपटक च्याम्पियन्स लिगमा

न्यु क्यासल २० वर्षमा पहिलोपटक च्याम्पियन्स लिगमा

Newcastle


नेपालखबर
जेठ ९, २०८० मंगलबार ७:२५, काठमाडौँ

रेलिगेसनको खतरामा रहेको लेस्टर सिटीसँग बराबरी खेल्दै न्यु क्यासल युनाइटेडले २० वर्षमा पहिलोपटक च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ। 

प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा न्यु क्यासल र लेस्टरले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। 

बराबरीसँगै न्यु क्यासलले ३७ खेलबाट ७० अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा छ। एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडको ६९ अंक छ। म्यानु चौथो स्थानमा छ। 

३७ खेल खेलेको लिभरपुलको ६६ अंक छ। लिभरपुलको भन्दा न्यु क्यासल ४ अंकले अघि छ। 

लेस्टरले ३७ खेलबाट ३१ अंक बनाएको छ। लेस्टरले लिग चरणको अन्तिम खेल जिते रेलिगेसनबाट जोगिनेछ। 

रेलिगेसन खतरमा रहेका लेस्टर र लिड्सको समान ३१ अंक छ। २४ अंक भएको साउथहेप्टनको २४ अंक छ। साउथहेप्टन यसअघि नै रेलिगेसनमा परिसकेको छ। 

न्यु क्यासलले पहिलोपटक सन् २००२–३ को सिजनमा युरोपको एलिट क्लब प्रतियोगिता खेलेको थियो। 

न्यु क्यासलले आइतबार चेल्सीसँग खेल्दै सिजनको अन्त्य गर्नेछ। जुन खेलमा न्यु क्यासल चेल्सीलाई हराउँदै तेस्रो स्थान सुरक्षित गर्ने योजनामा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .