समाज


राष्ट्रपतिले फिर्ता गरिदिए रेशम चौधरीको आममाफीको फाइल

राष्ट्रपतिले फिर्ता गरिदिए रेशम चौधरीको आममाफीको फाइल

फाइल तस्बिर


नेपालखबर
जेठ १२, २०८० शुक्रबार १६:११, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हत्याकाण्डका मुख्य योजनाकार रेशम चौधरीलाई आममाफीका लागि पठाइएको फाइल गृह मन्त्रालयमै फिर्ता गरिदिएका छन्।

उनले शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई आममाफीका लागि सरकारले पठाएको फाइल गृह मन्त्रालयमा फिर्ता पठाएका हुन्।

‘रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानुन, यससम्बन्धी अदालतबाट फैसला र सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तविपरीत नहुने गरि कानुनबमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको हो।

यससँगै टीकापुरमा हत्या गरिएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदाले दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा कार्याथ पठाएको छ।।

राष्ट्रपति पौडेलले टीकापुर नरसंहारमा हत्या भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) केशव बोहराकी पत्नी शारदा बोहराले शीतल निवासमा शुक्रबार नै दर्ता गराएको निवेदन पनि गृह मन्त्रालयमा पठाएको प्रेस संयोजक खिला कार्कीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .