गणतन्त्र दिवस २०८० को उपलक्ष्यमा आज ‘गणतन्त्र दिवस सांस्कृतिक साँझ’को आयोजना गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित सांस्कृतिक साँझमा नृत्य, कविता नाटक र गीत प्रस्तुत गरिएको थियो।
सोही अवसरमा पर्यटनमन्त्री सुदन किरातीले गणतन्त्र प्राप्तिको निम्ति ज्यानको आहूति दिने सहिदलाई स्मरण गर्दै गणतन्त्रलाई सबै हिसाबले संस्थागत गर्नुपर्नेमा जोड दिए।
उनले गणतन्त्रलाई असफल बनाउन खोज्नेप्रति सचेत हुनुपर्ने उहाँको भनाइ थियो। उनले भ्रष्टाचार मुक्त गर्दै समृद्ध नेपाल निर्माण गर्ने वर्तमान सरकारको लक्ष्य रहेको पनि बताए।
तस्बिरहरूः
57
Shares
प्रतिक्रिया