ad ad

समाज


आज यी ८ जिल्लाका नदीमा ठूलो बाढी आउने सम्भावना, तटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाव

आज यी ८ जिल्लाका नदीमा ठूलो बाढी आउने सम्भावना, तटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाव

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८० आइतबार ९:४९, काठमाडौँ

वर्षायाम सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोबाट जनधनको क्षति हुन थालेको छ। पाँचथर, ताप्लेजुङ र संखुवासभामा मात्र बाढी र पहिरोमा परी २६ जना बेपत्ता भएका छन् भने एकजनाको मृत्यु भएको छ। ती जिल्लामा पुल, घरलगायत भौतिक संरचनामा पनि व्यापक क्षति पुगेको छ। 

यसैबीच आज पनि पाँचथर, ताप्लेजुङ र संखुवासभासहित ८ जिल्ला भई वहने नदी/खोलामा बाढी आउने सम्भावना रहेकाले उक्त नदी/खोला तटीय क्षेत्रमा बस्ने बासिन्दालाई सतर्कता अपनाउन  बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। यसमा पनि पाँचथर र ताप्लेजुङ भई वहने नदीमा बाढीको जोखिम उच्च छ भने बाँकी जिल्ला भई बग्ने नदीमा मध्यम जोखिम रहेको बाढी महाशाखाले जनाएको छ।

यस्तै महाशाखाले आजदेखि ३ दिनसम्म बाढीको जोखिम रहेका नदीको विवरण पनि दिएको छ।

महाशाखाका अनुसार आज (आइतबार), भोलि (सोमबार) र पर्सि (मंगलबार) तमोर, अरुण र कन्काई नदीको बहाव उल्लेख्य बढ्ने तथा तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास रहने सम्भावना छ। तसर्थ यी नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ।

हेर्नुहोस् बाढी महाशाखाले जारी गरेको बुलेटिन-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .