ad ad

समाज


पाचौं अन्तर्राष्ट्रिय सम्मेलन (एनसीएचकन) सम्पन्न

पाचौं अन्तर्राष्ट्रिय सम्मेलन (एनसीएचकन) सम्पन्न

नेपालखबर
असार ३, २०८० आइतबार २१:४५, काठमाडौँ

नेशनल क्यान्सर हस्पिटल र अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीको सहकार्यमा पाचौं अन्तर्राष्ट्रिय सम्मेलन (एनसीएचकन) सम्पन्न भएको छ।

शनिबार काठमाडौंमा आयोजना गरिएको सम्मेलनलाई ‘अपडेट्स अन अन्कोलोजी’ नाम दिइएको थियो।

क्यान्सर रोग विशेषज्ञ तथा नेशनल क्यान्सर अस्पतालकी मेडिकल डिरेक्टर डा रश्मि पूनका अनुसार अस्पतालले सन् २०१६ देखि यस्तो सम्मेलन वार्षिक रुपमा गर्दै आएको थियो।

कोरोना महामारीको कारण तीन वर्षयता भने सम्मेलन रोकिएको थियो। सोही सम्मेलनलाई फेरि निरन्तरता दिन थालिएको उनले बताइन्।

अघिल्लो पटकका सम्मेलनहरु कुनै एउटा क्यान्सर विशेष गर्ने गरे पनि अहिलेको सम्मेलन भने समग्र सबै क्यान्सरलाई समेटेर गरिएको डा सन्ध्या चापागाईंले बताइन्। 

‘यो सम्मेलनमा क्यान्सरमा नयाँ के के आयो, उपचार पद्दतिमा के के परिवर्तन भए भन्ने विषयमा चर्चा गरेका छौँ। विभिन्न क्यान्सरमा काम गरिरहेका विशेषज्ञहरुसंग छलफल गरेका छौँ,’ उनले भनिन्।

सम्मेलनमा देशभरिका क्यान्सर रोग विशेषज्ञसहित करिब दुई सय स्वास्थ्यकर्मीहरूको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .