काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गालाई तारबार गर्ने भएको छ।
आइतबार ललितानिवासमा पुगेको महानगर प्रहरीको टोलीले ललिता निवासमा बनेका अस्थायी वा अनधिकृत संरचना हटाउन र उक्त क्षेत्रलाई तारबारले घेर्ने बताएको हो।
साथै, दुई दिनभित्रमा अस्थायी र अनाधिकृत संरचना नहटाए महानगरपालिकाले भत्काउने चेतावनीसमेत दिएको छ।
महानगरको टोलीले ललिता निवास परिसरमा पुगेर ललिता निवासमा संरचना हटाउन सूचना टाँस्दै त्यस क्षेत्रलाई तारबारले घेर्ने बताएको हो।
काठमाडौं महानगरपाकिलाको स्वीकृतिविना निर्माण भएका वा निर्माणाधीन संरचना हटाउन महानगरपपालिकाले आग्रह समेत गरेको छ।
54
Shares
प्रतिक्रिया