ad ad

समाज


क्रसरले बनाएको खाडलको पानीमा डुबेर ११ वर्षीय बालकको मृत्यु

क्रसरले बनाएको खाडलको पानीमा डुबेर ११ वर्षीय बालकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
असोज ७, २०८० आइतबार ११:१७, धनुषा

धनुषाको बट्टेश्वरमा क्रसर व्यवसायीले ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाडलको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। 

स्थानीय बिगही खोलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बटेश्वर गाउँपालिका–१ धुमासन निवासी बिनोद महतोका ११ वर्षीय छोरा धिरज कुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

शनिबार दिउँसो साथीहरुसँगै बिगही खोलामा खेल्न गएका बेला धिरज पानीमा डुबेका थिए। खेल्ने क्रममा चिप्लिएर खाल्डोमा खस्दा उनको मृत्यु भएको धिरजसँगै गएका उनका साथीहरुले बताएका छन्। 

बालबालिकाले हल्ला गरेपछि पुगेका स्थानीयले खाल्डोबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगेका थिए। अस्पताल पुर्याउनासाथ बालकलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

बालक मृत्युको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .