ad ad

समाज


एमाले बागमती अधिवेशन : भोलि निर्वाचन हुने, यस्तो छ कार्यसूचि

एमाले बागमती अधिवेशन : भोलि निर्वाचन हुने, यस्तो छ कार्यसूचि

नेपालखबर
असोज १०, २०८० बुधबार ८:२०, काठमाडौँ

नेकपा (एमाले) बागमती प्रदेशको पहिलो अधिवेशन एक दिन लम्बिएको छ। 

पहिलो अधिवेशनले सर्वसम्मतिबाट नेतृत्व चयन गर्न नसकेपछि थप एक दिन अधिवेशन लम्बिएको हो। नयाँ नेतृत्व चयनका लागि आज (बुधबार)बाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ।

नयाँ कार्यतालिका अनुसार आज बिहान ९ बजे मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुनेछ।

एमाले बागमती प्रदेश अध्यक्ष केशव प्रसाद पाण्डेका अनुसार ९ः३० बजेदेखि ११ः३० सम्म मनोनयन दर्ता सुरु हुने कार्यतालिका छ। 

त्यसैगरी अपराह्न्न ४ बजे उम्मेदवाररुको अन्तिम नामावली प्रकाशन हुनेछ।
 

भोलि (असोज ११ गते) बिहान ८ बजेदेखि निर्वाचन हुने एमाले बागमती प्रदेश कमिटिले जनाएको छ। निर्वाचन पार्टी प्रदेश कार्यालयमा हुनेछ।

विद्युतीय मतदान प्रक्रियाबाट निर्वाचन गर्ने एमालेको तयारी छ। सो प्रक्रियामा एक पटकमा ४४ जनाले एकैपटक मतदान गर्न सक्नेछन्। 

एक जनालाई मतदान गर्न २० देखि २५ मिनेट लाग्ने बताइएको छ। एमाले बागमती प्रदेशको अधिवेशन मंगलबारदेखि सुरु भएको थियो। 

मंगलबार काठमाडौंको प्रज्ञा भवन संचालित बन्दसत्रमा सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन गर्न लागि भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .