ad ad

समाज


सर्पदंश उपचारको लागि चोहर्वामा बन्याे १ करोडको लागतमा सुविधायुक्त भवन

सर्पदंश उपचारको लागि चोहर्वामा बन्याे १ करोडको लागतमा सुविधायुक्त भवन

नेपालखबर
असोज १६, २०८० मंगलबार १०:२६, सिरहा

नेपाली सेनाले सिरहाको चोहर्वास्थित सर्पदंश उपचार केन्द्रमा सुविधायुक्त भवन निर्माण गरेको छ। 

नेपाली सेनाको बहादुर श्री शेरगण परिसरमा निर्माण गरिएको सामुदायिक सर्पदंश उपचार केन्द्रको सोमबार उद्घाटन गरिएको छ। मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारीले रिवन काटेर भवनको उद्घाटन गरेका हुन्।

तराई क्षेत्रमा सर्पदंशको जोखिम उच्च छ। सिरहामा पनि वर्षेनी सर्पदंशका सयौँ घटना हुँदै आएका छन्। नेपाली सेनाले स्थानीय पालिकासँगको सहकार्यमा चोहर्वामा सर्पदंशको उपचार गर्दै आएको छ। 

‘सर्पदंशको उच्च जोखिम रहेको क्षेत्रमा सर्पदंश उपचारको लागि सुविधायुक्त भवन निर्माण भएको छ,’ भवन उद्घाटन गर्दै पृतनापति अधिकारीले भने, ‘अब यहाँको उपचार सेवा थप स्तरीय हुने छ।’

करिब एक करोड लागतमा १० बेडको सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको सामुदायिक सर्पदंश उपचार केन्द्रका सचिव रामपुकार कामतीले बताए।

सर्पदंश उपचार केन्द्रमा विषालु सर्पले टोक्दा गर्नुपर्ने उपचारमा आवश्यक पर्ने नयाँ उपकरणहरूसमेत जडान गरिएको छ। 

उद्घाटन कार्यक्रममा गोलजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठ, नरहा गाउँ पालिकाका अध्यक्ष रामप्रमोद यादव लगायतको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .