चितवनको भरतपुर महानगरपालिकामा बिरुवा उखेलेर फाल्न एक महिला पक्राउ परेकी छिन्।
भरतपुर महानगरपालिका ३ अन्तर्गत सहिदचोक–बेलचोक सडकखण्डमा रोपिएको बिरुवा उखेलेर फाल्ने सोही ठाउँकी २८ वर्षीया खुस्बी रौनियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
सिसीटिभी फुटेजको आधारमा रातको समयमा आफ्नै पसल अगाडि रहेको बिरुवा उखलेर फालेको अभियोगमा रौनियारलाई पक्राउ गरिएको उनले बताए।
उनले घर अगाडि रुख ठूलो भई असर पार्ने जनाउँदै बिरुवा उखेलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
केही दिनअघि मात्रै भरतपुर महानगरपालिकाले वृक्षरोपण महाअभियान चलाएर मेयर रेनु दाहाललगायतको उपस्थितिमा सडकमा बिरुवा रोपेको थियो। रासस
108
Shares
प्रतिक्रिया