ad ad

समाज


सशस्त्र मुख्यालयमा पानी प्रशोधन स्थलको निर्माण

सशस्त्र मुख्यालयमा पानी प्रशोधन स्थलको निर्माण

नेपालखबर
असोज १६, २०८० मंगलबार १९:१, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको हाताभित्र पहिलो पटक पानी प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याईएको छ।

नवनिर्मित पानी प्रशोधन तथा वितरण स्थलको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार उद्घाटन गरेका हुन्।

यसभन्दा अगाडि प्लाष्टिकका बोतल तथा जार खरिद गरी आपुर्ती गरिँदै आएको पिउने पानीलाई निरुत्साहित गर्दै पिउने पानीको गुणस्तरमा शुद्धता एवं विश्वसनीयता र खर्चमा मितव्ययिता कायम गर्ने अभिप्रायले मुख्यालयमा पहिलोपटक प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याइएको हो।

मुख्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउने उद्देश्यले संचालनमा ल्याइएको नवनिर्मित वाटर ट्रिटमेन्ट प्लान्ट विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको शुद्ध पिउने पानी प्रशोधन गर्नेछ।

प्रति घण्टा १५ सय देखि २ हजार लिटरसम्म पानी शुद्ध पार्ने क्षमता रहेको वाटर ट्रिटमेन्ट प्लान्टको मासिक रुपमा दक्ष प्राविधिकबाट जाँच गर्नुकासाथै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भए नभएको भनि त्रैमासिक रुपमा उच्चस्तरीय प्रयोगशालामा समेत परीक्षण गराउने व्यवस्था मिलाइएको छ।

मुख्यालयभित्र वाटर डिस्पेन्सर, आवश्यकता अनुसार जार तथा जार सफा गर्ने मेसिनको समेत व्यवस्था गरिएको छ। अवोप्रान्त सशस्त्र प्रहरी बल नेपालको मुख्यालयमा बाह्य रुपमा पानी खरिद नगरिने भएको छ।

यसअघि सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण इकाईहरुमा प्लाष्टिकजन्य वस्तु निषेध गर्ने, केही प्लाष्टिकजन्य सामानको प्रयोग कम गर्दै लैजाने लक्ष्य अनुरुप वातावरण संरक्षण र सशस्त्र प्रहरी कर्मचारीहरुमा सचेतना अभिबृद्धि गर्ने नीति लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .