आज (बुधबार) बिहान देशका ६ जिल्लामा ठूलो वर्षा भएकाले ती जिल्ला तथा आसपासका क्षेत्रमा बाढी तथा पहिरो जाने जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
सूचना जारी गरी बाढी महाशाखाले धनकुटा, गोरखा, लमजुङ, कास्की, तनहुँ र पाल्पा जिल्ला आसपास मध्यमदेखि भारीसम्म वर्षा भएकाले ती क्षेत्रमा सजगता अपनाउन आग्रह गरेको हो।
सूचनामा भनिएको छ– ‘पछिल्लो ३ घण्टामा धनकुटा, गोरखा, लमजुङ, कास्की, तनहुँ र पाल्पा जिल्लाको आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको हुँदा उक्त स्थान भई बहने ससाना खोलामा जलसतह बढ्नसक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखीम रहेको हुनाले सतर्कता अपनाऔँ।’
357
Shares
प्रतिक्रिया