ad ad

समाज


जिप दुर्घटनाका घाइतेको उद्धार गर्न काठमाडौंबाट हुम्ला उड्यो विमान

जिप दुर्घटनाका घाइतेको उद्धार गर्न काठमाडौंबाट हुम्ला उड्यो विमान

फाइल तस्बिर


नेपालखबर
असोज २२, २०८० सोमबार १०:६, काठमाडौँ

हुम्लामा भएको जिप दुर्घटनाका घाइतेलाई लिन काठमाडौंबाट नेपाल वायु सेवा निगमको जहाज केही बेरअघि सिमकोट प्रस्थान गरेको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले घाइते ९ जनाको उद्धार गर्न सोमबार बिहान नेपाल वायुसेवा निगमको जहाज हुम्ला पठाइएको जानकारी दिएका हुन्।

‘हिजो हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट घाइते भएका नौ जनालाई उद्धार गर्न वायुसेवा निगमको जहाज हुम्ला पठाइएको छ। बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना,’ मन्त्री किराँतीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्य क्षेत्रमा उडान प्रभावित हुन गइ असुविधा पर्न गएमा क्षमाप्रार्थी छौँ। मानवीयताको नाताले माफी दिनु हुन्छ भन्ने पूर्ण विश्वास छ।’

दुर्घटनाका गम्भीर घाइते ३ जनालाई आइतबार साँझै हलिकोप्टरमार्फत् सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीम भट्टराईले जानकारी दिए।

हाल ६ जना घाइतेको सिमकोटमै उपचार भइरहेको छ। ती घाइतेको अवस्था भने सामान्य रहेको डीएसपी भट्टराईले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .