ad ad

समाज


नेपालीको उद्धार गर्न परराष्ट्रमन्त्रीसहितको टोली लिएर इजरायल उड्यो जहाज

नेपालीको उद्धार गर्न परराष्ट्रमन्त्रीसहितको टोली लिएर इजरायल उड्यो जहाज

इजरायल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री साउदसहितको टोली।


नेपालखबर
असोज २५, २०८० बिहिबार ७:३९, काठमाडौँ

द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्र मन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिहीबार बिहान साढे ३ बजे मन्त्री साउदसहितको टोली लिएर नेपाल एयरलाइन्सको जहाज इजरायल उडेको परराष्ट्रमन्त्रीको सचिवालयले जानकारी गराएको छ।

उक्त जहाजले इजरायलमा उद्धार पर्खिरहेका विद्यार्थीलाई स्वदेश फर्काउने छ।  

सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने छ।

इजरायलमा हमासको हमलामा परी १० नेपाली विद्यार्थी मारिएपछि सरकारले त्यहाँ रहेका अन्य नेपालीको उद्धार गर्न लागेको हो। 

पहिलो चरणमा बिहीबार २ सय ५४ विद्यार्थीलाई स्वदेश ल्याउने तालिका छ। 

इजरायलबाट स्वदेश फर्किन ३ सय ५० नेपाली नागरिकले नाम टिपाएका छन्। तीमध्ये २ सय ५४ विद्यार्थीलाई बिहीबार साँझ स्वदेश ल्याइपुर्‍याउने तालिका छ।

इजरायल गएको नेपाल एयरलाइन्सको एयरबस ३३० वाइडबडी जहाज २ सय ७४ सिट क्षमताको मात्र छ।

स्वदेश फर्किन चाहने बाँकी नेपालीलाई पछि व्यापारिक उडानमार्फत ल्याइने परराष्ट्र मन्त्रालयको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .