ad ad

समाज


डेंगीबाट तनहुँमा ६ वर्षीय बालकको मृत्यु

डेंगीबाट तनहुँमा ६ वर्षीय बालकको मृत्यु

नेपालखबर
असोज २६, २०८० शुक्रबार १२:१३, तनहुँ

तनहुँमा डेंगी सङ्क्रमणबाट एक बालकको मृत्यु भएको छ। व्यास नगरपालिका–४ शितलचोकमा छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। 

दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ। व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकारी प्राप्त नभएको बताए। 

छ वर्षीय बालकको निधनसँगै व्यास नगरपालिकामा डेंगीबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। 

डेंगी सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .