जिल्ला प्रहरी कार्यालयले भारतबाट ल्याउँदै गरेको सामानसहित सात जनालाई पक्राउ गरेको छ।
प्रहरी टोलीले गस्ती गर्ने क्रममा गुलरिया नगरपालिका–७ भन्सार रोडस्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अन्दाजी १ लाख ७४ हजार बराबरका फलफुल तथा तरकारी नियन्त्रणमा लिएको हो।
फलफुल ल्याउन प्रयोगमा गरिएको ४ थान मोटरसाइकल र ४ थान साइकल पनि प्रहरीले बरामद गरेको हो।
५ जना भारतीय र २ जना नेपाली गरी जम्मा ७ जना मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाइएको प्रहरीले जनाएको छ।
186
Shares
प्रतिक्रिया