काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह छठ पर्वमा सहभागी भएका छन्। तराई मधेशसहित पछिल्लो समय काठमाडौं लगायत पहाडी जिल्लामा पनि मनाउँदै आइएको छ।
काठमाडौंका १३ वटा जलाशयमा आज विशेष पूजाआजासहित छठ पर्व मनाइरहेको छ।
सो पर्व मनाउन मेयर शाह पनि गुह्येश्वरी मन्दिर परिसरमा पुगेका छन्। उनी आइतबार दिउँसो त्यहाँ पुगेका हुन्।
उनी तराइ मुलमा जन्मिएर काठमाडौंमा हुर्किएका हुन्।
देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ।
आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ।
गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ।
228
Shares
प्रतिक्रिया