काठमाडौँ जिल्ला अदालतले सेवाग्राहीलाई टोकन प्रणाली सुरु गरेको छ।
जिल्ला अदालत काठमाडौँले अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि सोमबारबाट टोकन प्रणालीको सुरु गरेको जनाएको हो।
टोकन प्रणालीको सुरुआत गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भीड नहोस् भनेर टोकन प्रणालीको सुरुआत गरेको बताए।
काठमाडौँ जिल्ला अदालतलाई प्रविधिमैत्री बनाउने योजनाअनुसार आफूहरू अघि बढेको पौडेलले बताए।
21
Shares
प्रतिक्रिया