ad ad

समाज


नेपालगन्जमा स्कारपिओको ठक्करबाट मृत्यु भएका युवकको पनि सनाखत

नेपालगन्जमा स्कारपिओको ठक्करबाट मृत्यु भएका युवकको पनि सनाखत

नेपालखबर
पुस १६, २०८० सोमबार १३:१२, नेपालगन्ज

बाँकेको नेपालगञ्जमा गएराति स्कारपिओ गाडीको ठक्करबाट ज्यान गुमाउने युवकको पनि सनाखत भएको छ।

बाँकेका प्रहरी प्रमुख एसपी सुवास बोहोराका अनुसार दुर्घटनामा ज्यान गुमाउने युवक बर्दियाको राजापुर- १० घर भएका २५ वर्षीय मायाराम चौधरी हुन्। 

अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेका मानिसलाई गएराति नेपालगञ्ज- १८ मा  सुदूरपश्चिम प्रदेशको ०१(००१ च ३४६४ नम्बरको स्कारपियो गाडीले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो। 

दुर्घटनामा ज्यान गुमाउने नेपागन्ज १३ की २४ वर्षीया आस्था शाहको घटनालगत्तै सनाखत भए पनि युवकको भने सनाखत हुन सकेको थिएन। 

दुर्घटनामा नेपालगन्जकै २४ वर्षीया साहाना शाह गम्भीर घाइते भएकी छन्। उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको

दुर्घटनापछि प्रहरीले ठक्कर दिने स्कारपिओ गाडी र त्यसका सवार चालकसहित दुई जनालाई पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .