ad ad

समाज


अंग्रेजी वर्षको पहिलो दिन मनाइयो नेपाली टोपी दिवस

अंग्रेजी वर्षको पहिलो दिन मनाइयो नेपाली टोपी दिवस

तस्बिर : रासस


नेपालखबर
पुस १६, २०८० सोमबार १३:५०, काठमाडौँ

‘नेपाली टोपी: नेपाली पहिचान’ भन्ने मूल नारासहित सोमबार ११ औँ नेपाली टोपी दिवस मनाइएको छ।

जागरुक युवा अभियान नेपालले हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर ११ वर्षदेखि नेपाली टोपी दिवस मनाउँदै आइरहेको छ।

विगतमा झैँ यस पटक पनि पुस १६ गते अर्थात् जनवरी १ तारिखका दिन बिहान ८ बजेदेखि वसन्तपुरमा भेला भएर कार्यक्रम गरिएको हो। 

सदियौंदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउने गरिएको छ।

नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न संस्थाले सरकारसँग माग गरेको छ।

नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरु पनि छन्। त्यसैले ती टोपीहरुको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन पनि सरकारसँग जगारुक युवा अभियान नेपालले माग गरेको छ।

कैलालीमा टोपी दिवस। तस्बिर : रासस

यस वर्ष पनि जनवरी १ (पुस १६) का दिन दौरा सुरुवाल टोपी र गुन्यूचोली लगाएर मनाइएको हो।

नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गराउन सामाजिक सञ्जालमार्फत सरकारलाई दबाब दिन संस्थाले आग्रह गरेको छ।

वसन्तपुरमा भएको औपचारिक कार्यक्रममा सहभागी हुन नसक्नेले नेपाली टोपीमा सजिएको फोटो सामाजिक सञ्जालहरुमा राखे मनाएका छन्। 

जागरुक युवा अभियान नेपालका अभियन्तामा घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्जन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल कालोटोपी, जनक कार्की, लक्ष्मण लम्साल, वसन्त हुमागाईं, शाेभराज बराल, निराेज थापा र राजेश खत्री छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .