ad ad

समाज


पक्राउ परे टुटलका संस्थापक शिक्षित भट्ट

पक्राउ परे टुटलका संस्थापक शिक्षित भट्ट

फाइल तस्बिर


नेपालखबर
पुस २०, २०८० शुक्रबार १३:३७, काठमाडौँ

राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ।

टुटल स्थापना गर्दाका साझेदारहरूको उजुरीका आधारमा काठमाडौं प्रहरी परिसरले भट्टलाई बिहीबार पक्राउ गरेको हो।

काठमाडौं परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले भट्टलाई आपराधिक विश्वासघात र प्रतिलिपि अधिकार संरक्षणको उजुरीका आधारमा पक्राउ गरिएको बताएका छन्। 

‘टुटल कम्पनी खोल्ने बेला साझेदारहरूबीच सम्मझौता भएको रहेछ। त्यसबेला लगानीका लागि पनि सम्झौता भएको देखियो’, खत्रीले नेपालखबरसँग भने, ‘टुटल स्थापना गर्दा साझेदारबीच लगानी र ट्रेडमार्कबारेमा पनि सम्झौता भएको रहेछ। तर त्यसबीचमा त्यसबीचमा उनीहरूबीच समझदारी हुन नसक्दा समस्या देखिएको रहेछ।’

साझेदारहरूको विवादबीच शिक्षित भट्टले टुटललाई अघि बढाएका थिए। तर विवाद बढ्दै गएपछि दुई वर्षअघि टुटल बन्द भएको थियो।

तर भट्टले फेरि केही महिना अघिदेखि टुटललाई सञ्चालनमा ल्याएका थिए। यहीबीचमा टुटल छाडिसकेका उनका साझेदारहरूले नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिए।

त्यो उजुरी पनि अहिले काठमाडौं प्रहरी परिसरमा आइपुगेको छ। प्रहरीले पक्राउ परेका भट्टलाई अब आपराधिक विश्वास घात र प्रतिलिपि अधिकार संरक्षणसम्बन्धी मुद्दामा म्याद थप्न लागेको छ।

काठमाडौं प्रहरी परिसर प्रमुख खत्रीले भट्टलाई म्याद थपका लागि अदालत पठाउन लागिएको जानकारी नेपालखबरलाई दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .