अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सब–इन्जिनियर विजयालक्ष्मी पन्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाण–पत्र दिने क्रममा सेवाग्राहीसँग घुस–रिसवत माग गरेको अख्तियारले जनाएको छ।
सो सम्बन्धी सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले पन्तलाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
48
Shares
प्रतिक्रिया