ad ad

समाज


६ महिनामा नौ गैँडा मरे, सिकारीबाट दुईवटा मारिए

६ महिनामा नौ गैँडा मरे, सिकारीबाट दुईवटा मारिए

नेपालखबर
माघ ३, २०८० बुधबार १५:५३, चितवन

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको छ महिनामा नौवटा गैँडा मरेका छन््। तीमध्ये दुईवटा चोरीसिकारीले मारेको पुष्टि भएको र थप एउटा चोरी सिकारीले मारेको आशंका गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यस वर्ष बुढो भएर र भिरबाट लडेर दुई, आपसमा जुधेर दुई र बाघ एवं गोहीको आक्रमणबाट दुईवटा गैँडा मरेका हुन्। गएको कात्तिक ३० मा निकुञ्जको चपरचुली पोष्टदेखि दक्षिणको खाडलमा पारेर तस्करले दुई गैँडा मरेका थिए।

त्यस्तै तस्करहरुले छ र १८ वर्षका पोथी गैँडा खाल्डोमा पारेर मारेका थिए। ती तस्करलाई पक्राउ गरिसकिएको छ। यसअघि भदौमा निकुञ्जकै हरदा खोला क्षेत्रमा एउटा गैँडाको हाडखोर भेटिएको थियो। तिवारीले सो गैँडा तस्करले मारेको आशङ्का गरिएको बताए।

घटनास्थलमा खाग नभेटिएकाले तस्करले मारेको हुनसक्ने आशङ्का गरिए पनि यकिन नभएको उनले बताए। उक्त घटनाको अनुसन्धान भइरहेको छ।

निकुञ्ज र आसपासका क्षेत्रका बढी गैँडा प्राकृतिक कारणले मर्ने गरेका छन्। निकुञ्जले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७२÷७३ यता दुई सय ३५ वटा गैँडा मरेका छन् र तीमध्ये १२ वटा चोरीसिकारीले मारेको आशङ्का गरिएको छ।

बुढो भएर, भिरबाट लडेर, दलदलमा फसेर, बाढीले बगाएर, आपसमा जुधेर, बाघ र गोहीले आक्रमण गरेर, विद्युतीय करेन्टमा परेर, रोग लागेर, खाडलमा परेर, विष सेवन गरेर गैँडा मर्ने गरेका छन्। निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .