ad ad

समाज


सुन प्रकरणमा अध्यागमनबाट तानिएका अधिकारीलाई नेपाल ट्रस्टको जिम्मा

सुन प्रकरणमा अध्यागमनबाट तानिएका अधिकारीलाई नेपाल ट्रस्टको जिम्मा

फाइल तस्बिर


नेपालखबर
माघ ५, २०८० शुक्रबार १८:२, काठमाडौँ

चीनबाट गरिएको ६० केजी सुन तस्करी प्रकरणमा जोडिएका व्यक्तिसँग नियमित सम्पर्कमा रहेको देखिएपछि मन्त्रालयमा तानिएका अध्यागमन विभागमा तत्कालीन महानिर्देशक झलकराम अधिकारी नेपाल ट्रस्टमा सरुवा भएका छन्। 

गन भदौ ७ गते अध्यागमन विभागबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएका उनलाई बुधबारको क्याबिनेट बैठकको निर्णयअनुसार नेपाल ट्रस्टको कार्यकारी सचिवमा सरुवा गरिएको हो। 

गत साउन ३ गतेको सुन तस्करी प्रकरणपछि पक्राउ परेका दावा छिरिङसँग नियमित सम्पर्क रहेको विवरण बाहिरिएपछि उनलाई सरकारले अध्यागमन विभागबाट तानेर अतिरिक्त समूहमा राखेको थियो। 

अधिकारीले सुन तस्करीमा मुछिएका दावा छिरिङसँग पटकपटक सम्पर्कमा रहेर कुरा गरेको म्यासेजसहितका विवरण केही दिनयता सार्वजनिक भएका थिए। 

सरकारले बुधबार २९ जना सहसचिवको सरुवा गर्दा अधिकारीलाई सामान्य प्रशासनको अतिरिक्त समूहबाट नेपाल ट्रष्टमा पठाएको हो। 

अधिकारी १६ फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका उनलाई गृह मन्त्रालयमा ल्याएर तत्कालै विभागको महानिर्देशक बनाइएको थियो।

उनी त्यसअघि राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा उनी कार्यरत थिए। त्यसअघि उनले ठूला करदाता कार्यालयको जिम्मेवारीसमेत सम्हालेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .