ad ad

समाज


प्रेमिकाले कोठामा अर्कै पुरुष ल्याएको झोकमा हत्या, तीन महिनापछि खाटमुनि भेटियो शव

प्रेमिकाले कोठामा अर्कै पुरुष ल्याएको झोकमा हत्या, तीन महिनापछि खाटमुनि भेटियो शव

तस्बिर : नेपालखबर


नेपालखबर
माघ ७, २०८० आइतबार १८:५७, काठमाडौँ

काठमाडौंको स्वयम्भूमा सँगै डेरा बस्ने महिलाको हत्या गरेर भारत भागेका व्यक्ति तीन महिनापछि पक्राउ परेका छन्। 

तनहुँको भिमाद नगरपालिकाकी ५१ वर्षीया सफिना मियाको तीन महिनाअघि नै हत्या भए पनि माघ ३ गते मात्रै शव फेला परेको थियो।

लामो समयसम्म डेरामा बस्ने मान्छे देखा नपरेपछि घरबेटी सरिता गिरीले माघ ३ गते कोठा खोलेर हेरेकी थिइन्। 

उक्त डेरामा बस्ने महिलाको शव खाटमुनि फेला परेको थियो। तर सोही फ्ल्याटमा बस्ने भारतीय नागरिक भने फरार थिए। 

६ वर्षदेखि त्यही घरमा डेरा बस्दै आएकी महिला पछिल्लो एक वर्षदेखि ती भारतीय नागरिकसँग प्रेम सम्बन्धमा थिइन्।

आमा भारतीय नागरिकसँग प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि उनका छोराछोरीले भने डेरा छाडेका थिए। उनीहरु पोखरा गएका थिए। 

भारतको दरभंगा जिल्ला बिहार प्रदेश लालबाग थाना घर भएका ४३ वर्षका इकरामुल हक अन्सारी घटनालगत्तै फरार भएका थिए। उनलाई काठमाडौं प्रहरी परिसरले हत्या आरोपमा पक्राउ गरेर सार्वजनिक गरेको छ। 

प्रहरीका अनुसार उनले महिलाको हत्या गरेको स्वीकार गरेका छन्। आफूसँग सम्बन्धमा रहेकी महिलाले अरु पनि पुरुषलाई कोठामा ल्याएको थाहा पाएपछि हत्या गरेको उनले बताएका छन्। 

घटनाको दिन रक्सी खाएर फर्किएका थिए। त्यसक्रममा उनीहरूको झगडा भएको थियो। तर राति झ्यालमा लगाउने आग्लोले हानेर उनले महिलाको हत्या गरेका थिए। 

हत्या गरेर शव खाटमुनी फालिदिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार घटना लगतै उनी बल्खु पुगेर टाटासुमो चढेर वीरगञ्ज पुगे। रक्सौल नाकाबाट भारत भागेका थिए। 

तर उनी दुई महिना भारत बसेर पुनः नेपाल फर्किए। नेपाल फर्किएपछि पनि उनी कालीमाटीमा गार्मेन्ट उद्योगमा काम गर्दै आएका थिए। तर पहिलेको डेरामा फर्किएनन्। 

प्रहरीले भने सुरुमै उनले हत्या गरेको आशंकामा खोजी गरिरहेको थियो। हत्या भएको इकीन मिति पुष्टि भइनसकेको तर शव हेर्दा तीन महिनाअघि नै हत्या भएको अनुमान प्रहरीको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .