ad ad

समाज


उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
माघ १०, २०८० बुधबार १६:१६, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।

अख्तियारले भेरियबल फ्रिक्वेन्सी ड्राइभ (भीएफडी) खरिद गर्दा अनियमितता गरेको आरोपसहित भ्रष्टाचार मुद्दा चलाएको हो।

यो सामान खरिद गरेर २२ लाख ७८ हजार ३०५ रुपैयाँ बराबरको रकम भुक्तानी गरी उद्योगलाई हानी नोक्सानी गरेको आरोप आरोप अख्तियारले लगाएको छ।

पौडेलसहितले अध्ययनबिना, आवश्यकताको पहिचान र औचित्यसमेत एकीन नगरी लागत अनुमानसमेत तयार नगरी उपयोग नहुने सामग्री खरिद गरेर भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ। 

अख्तियारले पौडेलसहित तत्कालीन नायव महाप्रवन्धक नवलकिशोर साह, तत्कालीन कायममुकायम उपनिर्देशक पवनकुमार लाल कर्ण, तत्कालीन प्रवन्धक भरतप्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रवन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको हो।

खरिद सामाग्रीमध्ये १६० किलोवाटको भीएफडी प्यानल पार्ट-ए उदयपुर सिमेन्ट उद्योगले प्राप्त गरेको पाँच वर्ष बितिसक्दा पनि परीक्षण गरिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .