ad ad

समाज


तपाईंको आज भाग्यशाली अंक कुन हो? हेर्नुस् माघ २९ को राशिफल

तपाईंको आज भाग्यशाली अंक कुन हो? हेर्नुस् माघ २९ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
माघ २९, २०८० सोमबार ५:२, काठमाडौँ

आज २९ माघ २०८०, सोमबार। अंग्रेजी पात्रोअनुसार १२ फेब्रुअरी २०२४।
आज कुन राशिको फल कस्तो, हेर्नुस् राशिफल-

मेष : बन्धु बान्धवबाट सहयोग मिल्नेछ। नयाँ कार्यको योजना बन्नेछ। सफल र रमाइलो यात्राको योग रहेको छ। पारिवारिक सद्भाव बढ्नेछ। स्वादिष्ट भोजनको आनन्द पाइनेछ। शुभ समाचार सुन्न पाइएला।

आज मेष राशिको भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ५ रहेको छ। त्यस्तै, यो राशि हुनेहरूको आज प्रेम र सम्बन्धमा ७१, व्यापारमा ४९, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ८४ प्रतिशत रहेको छ।
यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्दा राम्रो हुनेछ भने सजिलै अरूको विश्वास गर्नु ठिक छैन।

वृष : आफन्तको सहयोग प्राप्त हुनेछ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। व्यापार व्यवसायबाट उन्नति देखिन्छ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ३ रहेको छ। यो राशि हुनेहरूलाई आज प्रेम र सम्बन्धमा ६७, व्यापारमा ८१, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ८१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज घरबाट निस्कँदा गुण खाँदा राम्रो हुनेछ भने छलकपट नगर्नु होला।

मिथुन : टाढा रहेका साथीभाइसँग मनोरञ्जक भेटघाट हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। पारिवारिक जमघटमा सहभागी भइएला। प्रेम तथा दाम्पत्य जीवनमा मधुरता छाउनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।

आजको भाग्यशाली अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क पनि ६५ प्रतिशत नै रहेको छ।

यो राशि हुने आज प्यासीलाई पानी दिने र खैरो रङ्गको प्रयोग नगर्ने।

कर्कट : घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ। शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु उचित हुनेछ। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। साँझमा पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४५, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज भरिसक्के लामो यात्रा नगर्ने। छलकपटतिर लाग्नुभयो भने समस्यामा पर्नु होला।

सिंह : विद्यामा सफलता र मान प्रतिष्ठामा वृद्धि होला। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ। यात्रा गर्दा सावधानी अपनाउनु होला।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ७ रहेको छ।

प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७९, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ६७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ७६ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज घरबाट निस्कँदा दही खानु राम्रो हुन्छ। झुटो बोल्नु भयो भने झन् पोल खुल्नेछ।

कन्या : नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। मनपर्ने खानाको परिकार खान पाइनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। वैदेशिक कार्य अघि बढ्नेछ।

यो राशिको आज भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ६ हो।

प्रेम र सम्बन्धमा ५०, व्यापारमा ५४, सेयर बजारमा ५, वैदेशिक कार्यमा ८१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

कन्या राशिलाई आज स्वास्थ्यले राम्रै साथ दिने देखिन्छ। आजको स्वास्थ्य अनुकूलता ८२ प्रतिशत रहेको छ भने यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज निमुखा प्राणीलाई खानेकुरा दिनु राम्रो हुनेछ भने छलकपटतिर नलाग्नु होला।

तुला : नयाँ काम सुरु गर्न उमंग बढ्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। सेयर बजारबाट पनि फाइदा हुनेछ।

आजको भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ५ रहेको छ।

प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७५, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ।

यो राशि हुनेले आज नवग्रहलाई स्मरण गरेर कामको थालनी गर्नु राम्रो हुनेछ भने कालो रङ्गको प्रयोग गर्नु हितकर छैन।

वृश्चिक : राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ। मन दुख्ने समाचार प्राप्त हुन सक्छ। केही तनाव बढेको महसुस हुनेछ। आर्थिक कारोबारमा मन्दी आउनेछ। मध्य दिनबाट भने आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन्।

भाग्यशाली रङ्ग गुलाबी हो भने भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

आज स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज पितृ देवताको आशीर्वाद लिएर दिनको सुरुआत गर्नु राम्रो हुनेछ भने सजिलै अरूको विश्वास चाहिँ नगर्नु होला।

धनु : सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र उपकारमा मन जानेछ। मनोरञ्जनमा सहभागी भइएला। कतै घुम्न जाने योजना पनि बन्न सक्छ। काममा सानातिना बिघ्नबाधा आइपरे पनि निराश र हताश नहुनु होला।

धनु राशिको आजको भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ५ हो।

प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६५, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ८१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य सबलता ६५, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज भोकालाई भोजन दिने र उत्तर दिशा नजाने।

मकर : मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। परोपकार आदिमा भूमिका निर्वाह गर्न पाइनेछ।

मकर राशिको आज भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क १ रहेको छ।

प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५८, सेयर बजारमा ६१,  वैदेशिक कार्यमा ५५ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यो राशि हुनेलाई आज स्वास्थ्यले पनि ७२ प्रतिशत नै साथ दिने देखिन्छ भने यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

मकर राशि हुनेले आज भगवान् शंकरजीको दर्शन गर्नु राम्रो हुनेछ भने कालो रङ्गको प्रयोग नगरेकै बेस।

कुम्भ : विद्या र बुद्धिको विकास हुनेछ। पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ। व्यापार व्यवसायबाट लाभ हुनेछ। सांस्कृतिक क्षेत्रमा रुचि पनि बढ्नेछ।

आजको भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क २ हो।

प्रेम र सम्बन्धमा ८४, व्यापारमा ६६, सेयर बजारमा ५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै, स्वास्थ्य अनुकूलता ६५, यात्राको सम्भावना ५० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज रोगीलाई सहयोग गर्ने र तामसिक भोजन नगर्ने।

मीन : बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अभिभावकले ससाना त्रुटि औँल्याउँदा मन खिन्न हुनेछ। भ्रमण, खानपान तथा फेसनमा धन खर्च हुनेछ। कुनै कुराले मन दुस्खी हुन सक्छ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

मीन राशिलाई आज व्यापारमा ३९, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ८५ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ भने स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ८२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङ्गको प्रयोग भने नगरेकै बेस।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .