काठमाडौँको हाँडीगाउँमा चिनियाँ नव वर्ष (चिनियाँ लुनार नव वर्ष २०२४) को अवसरमा विशेष कार्यक्रम गरिएको छ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्ग पनि सहभागी थिए। पुरातत्वविद्ले हाँडिगाउँ नेपाल-चीन सम्बन्ध जोड्ने सेतुको एतिहासिक स्थल भएको बताउँदै आएका छन्।
कार्यक्रममा चिनियाँ राजदुत छेन सोङ्गले कार्यक्रमले नेपाल र चीनबीचको सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
‘आगामी वर्ष नेपाल-चीन कुटनितिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्दैछ। त्यस अवसरमा नेपाल र चीनका जनताबीच रहिआएको कसिलो सम्बन्धलाई झन् घनिभुत पार्न थप विशेष कार्यक्रमहरु गरिने छन्’ उनले भने।
कार्यक्रममा युनान विश्वविद्यालयका स्नातक तहका विद्यार्थीले आकर्षक ड्रागन र ड्रम नृत्य प्रस्तुत गर्नाका साथै यसको परेड पनि गरिएको थियो।
कार्यक्रम काठमाडौँ स्थित चिनियाँ दुतावास, चीन समुद्रपार संगठन, नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगर पालिकाले संयुक्त रुपमा आयोजना गरेका हुन्।
Shares
प्रतिक्रिया