ad ad

समाज


राशिफल १३ चैत : धनुलाई घरजग्गा खरिद-बिक्रीको योग, वृष र वृश्चिक शिक्षामा उत्कृष्ट

राशिफल १३ चैत : धनुलाई घरजग्गा खरिद-बिक्रीको योग, वृष र वृश्चिक शिक्षामा उत्कृष्ट

पण्डित नारायणप्रसाद दुलाल
चैत १३, २०८० मंगलबार ४:४४, काठमाडौँ

आज मङ्‌गलबार, १३ चैत २०८० (२६ मार्च २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : रमाइलो र सुखद यात्राको योग छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। सजिलै अरूको मन जित्नुका साथै काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सेयर बजारको कारोबारमा राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ आकाशे र अङ्क ३ रहेको छ भने प्रेम र सम्बन्धमा ५२, व्यापारमा ८०, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। हरियो रङको प्रयोग उपयुक्त छैन।

वृष : नयाँ ज्ञान सिक्ने मौका पाइएला। लामो यात्रा सफल र सुखद हुनेछ। घरपरिवारबाट सहयोग मिल्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। सेयर बजारबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६२, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५४ र शिक्षामा ८५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। उत्तर दिशाको यात्रा फाप्ने देखिएन।

मिथुन : बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। राजनीतिक कार्यमा बाधा आउनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। आलोचना गर्नेहरूबाट सजग रहनुहोला। शुभ कार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३६, व्यापारमा ४०, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ४७ र शिक्षामा ३४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गरेर कामको सुरुआत गर्दा अधिक सफलता मिल्नेछ। लगानीको अवसर आए पनि आवेगमा लगानी नगर्दा राम्रो हुन्छ।

कर्कट : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। विशिष्ट व्यक्‍तिको भेटघाटले मन प्रसन्न हुनेछ। दाम्पत्य सुखमा रमाउने समय छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।

भाग्यशाली रङ सेतो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा जटिल ठानिएको काम पनि सहजै सम्पादन हुनेछ। खैरो वा गुलाबी रङको प्रयोग फलदायी छैन।

सिंह : लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। आँटेको र ताकेको कार्य पूरा होला। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६२, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अप्ठेरो लागेको काम पनि सहजै सम्पन्न हुनेछ। तामसिक भोजन नगरेकै बेस।

कन्या : लाभ-हानि, आय-व्यय, सुख-दुःख बराबरी खालको दिन रहनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५० र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी सफलता मिल्नेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन।

तुला : मनमा दुबिधा उत्पन्न हुनेछ। प्रेमी, आफन्त तथा साथीभाइबाट टाढिनु पर्दा मन खिन्न हुनेछ। उपचार खर्च बढ्न सक्छ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ। बेलुकीपख भने हौसला र उत्साह मिल्नेछ।

भाग्यशाली रङ पर्पल हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ४२, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमी-प्रेमिकाको सल्लाह मानेर अघि बढ्दा आइपरेका कठिनाइबाट सहजै मुक्ति मिल्नेछ। यात्रा फलदायी छैन, भरिसक्के लामो यात्रा नगरेको बेस।

वृश्चिक : लाभदायक यात्रा होला। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापारबाट धनलाभ हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। पुरुषहरूलाई महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ३३, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ८६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दीर्घकालीन कामको सुरुआत गर्नुपूर्व वृक्षारोपण गर्दा भविष्यमा उचित प्रतिफल दिनेछ। झुट बोलेमा चाहिँ बनिसकेको काम पनि बिग्रेला।

धनु : रोकिएका काम पुनः सुरु हुन सक्छन्। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। घरजग्गा खरिद तथा बिक्रीको योग छ।

भाग्यशाली रङ निलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ४९ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ५१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। अखाद्य वस्तुको सेवनले स्वास्थ्यमा हानि पुर्‍याउनु बाहेक अन्य फाइदा हुने छैन।

मकर : कार्यसिद्धिको योग छ। भाग्यले विभिन्न अवसर जुराउनेछ। स्थान परिवर्तनका विशेष योग देखिन्छन्। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।

भाग्यशाली रङ हरियो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा आर्थिक अभावका कारण आएको उल्झनमा राहत मिल्नेछ। कालो रङको प्रयोग उपयुक्त छैन।

कुम्भ : क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना नियन्त्रण गर्नु राम्रो हुनेछ। प्रेमी-प्रेमिकाबीच खिन्नता बढ्न सक्छ। अरूको वचन टार्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ। साँझमा वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ निलो हो भने र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ४२, व्यापारमा ३१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ४४ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिको सुझाव लिएर कामको सुरुआत गर्दा आइपर्ने गाह्रा-अप्ठेराको समाधान हुनेछ। छलकपटतिर लागेमा चाहिँ झन् काम बिग्रनेछ।

मीन : स्थान परिवर्तनको विशेष योग देखिन्छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। लगनशीलताले काम अगाडि बढ्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४२, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा झिना-मसिना समस्या यसै हटेर जानेछन्। खरानी रङको प्रयोग फलदायी छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .