ad ad

समाज


दुर्गा प्रसाईका दुवै बडिगार्डलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईका दुवै बडिगार्डलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

फाइल तस्बिर


नेपालखबर
चैत १३, २०८० मंगलबार १८:४६, काठमाडौँ

बीएन्डसी अस्पतालका मालिक दुर्गा प्रसाई बडिगार्ड थुनामुक्त भएका छन्।

बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको मंगलबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रसाईका दुवै बडिगार्डलाई थुनामुक्त गर्न आदेश दिएको हो।

सर्वोच्चका न्यायाधीशद्वय नकहुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले प्रसाईका बडिगार्डद्वय रामकुमार धिमाल र दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको हो।

जिल्ला प्रशासन कायालय झापाको २०७५ असार २१ गतेको निर्णयबाट उक्त हतियार तथा खरखजाना राख्न दुर्गा प्रसाईले इजाजत प्राप्त गरेको देखिएको भन्दै सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो।

इजाजत पत्रमा उक्त हातहतियार नेपाल राज्यभर जुनसुकै अवस्थामा लिएर पनि हिँड्न पाउने साथै प्रयोग गर्न पाउने भनी उल्लेख भएको देखिएको आदेशमा उल्लेख छ।

दुईजना बडिगार्ड पक्राउ प्रकरणमा उनीहरूका परिवारले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए। त्यसपछि सर्वोच्चले गत बुधबार सरकारसँग ३ दिनभित्र लिखित जवाफ दिन भनेको थियो।

अघिल्लो सोमबार सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका २ जना बडिगार्डलाई मुद्दा चलाउन जिल्ला अदालत, काठमाडौंले अघिल्लो मंगलबार ५ दिन हिरासतमा राख्ने अनुमति दिएको थियो। 

तर ती बडिगार्डको तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिट परेको थियो। प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सारंगा सुवेदीको इजलासले सरकारसँग कारण माग गरेकी थिइन्। 

पक्राउ परेका रामकुमार धिमालको हकमा रिया राजवंशीले गृह मन्त्रालय सिंहदरबारसहित विभिन्न ७ वटा सरकारी निकायलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

उता अर्का बडिगार्ड दीपक खड्काको हकमा श्रीमती शान्ता खड्काले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिटमा पनि न्यायाधीश महेश शर्मा पौडेलले ३ दिनभित्र लिखित जवाफ दिन सरकारलाई आदेश दिएका थिए।

यी दुईजना प्रसाईसँगै अघिल्लो सोमबार जर्मनीमा निर्मित अत्याधुनिक हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका थिए।

सर्वोच्च अदालतभित्र उनीहरू हतियार लिएर प्रवेश गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो।

दुर्गा प्रसाईंले बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन नमिलेपछि हालेको मुद्दामा सुनुवाइ भइरहेका बेला उनका साथमा सहयोगीहरूको हुल नै थियो। उक्त मुद्दामा पनि सर्वोच्चले प्रसाईको पक्षमा फैसला दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .