समाज


जोडी नै झुन्डिएको २४ घण्टा नबित्दै जनकपुरकै होटलभित्र मृत भेटिए युवक

जोडी नै झुन्डिएको २४ घण्टा नबित्दै जनकपुरकै होटलभित्र मृत भेटिए युवक

नेपालखबर
बैशाख १२, २०८१ बुधबार ११:४५, काठमाडौँ

जनकपुरमा होटलभित्र महिला र पुरुष मृत फेला परेको २४ घण्टा पनि नबित्दै जनकपुरकै गेस्ट हाउसमा फेरि युवक झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता, डीएसपी रञ्जन अवाका अनुसार जनकपुरको पिडारी चोकस्थित नमुना होटेल एन्ड गेस्ट हाउसभित्र अन्दाजी २५ वर्षीय युवक झुन्डिएको अवस्थामा भेटिएका हुन्।  

‘धनुषाकै गणेशमान चारनाथ नगरपालिका ३ का अन्दाजी २५ वर्षीय मित कुशियैत यादव होटलको कोठाभित्र सर्टको पासो लगाएर पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्’, डीएसपी अवाले भने।

उनका अनुसार ती युवकले मंगलबार साँझ ६ बजे होटलको कोठा नम्बर २०४ बुक गरेको पाइएको छ। 

‘प्रहरीलाई राति ११ बजे खबर आएको थियो, प्रहरी टोली पुग्दा उनी कोठाभित्र झुन्डिएको अवस्थामा मृत भेटिए’, डीएसपी अवाले भने, ‘शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएका छौँ, घटनाबारे अनुसन्धान भइरहेको छ।’

यसअघि मंगलबार मात्रै जनकपुरकै रामानन्दचोकस्थित होटल होलिडे एन्ड गेस्ट हाउसमा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत भेटिएका थिए। 

विस्तृत : पति विदेशमा, प्रियंकाले ३ वर्षीया छोरीलाई टुहुरी बनाएर परपुरुषसँग संसार छाडिन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .