ad ad

समाज


कारभित्र बोरामा १ करोड १ लाख भेटिएपछि चालक पक्राउ

कारभित्र बोरामा १ करोड १ लाख भेटिएपछि चालक पक्राउ

बरामद रकमसहित पक्राउ परेका कार चालक


नेपालखबर
जेठ २०, २०८१ आइतबार ८:४१, काठमाडौँ

सुनसरीमा शनिबार राति सशस्त्र प्रहरिले हुन्डीको आशंकामा १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ। 

सुनसरीको  हरिनगर गाँउपालिका-५, दुर्गामन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारबाट शंकास्पद नगद बरामद गरेको हो। 

शंका लागेर चेकजाँच गर्दा कारभित्र बोरामा लुकाईछिपाई राखेको अवस्थामा हजार दरका नोट ९ हजार ७ सयवटा, (९७ लाख) र ५ सय दरका ८ सयवटा (४ लाख) बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। 

रकमसँगै कार र चालक सुनसरी हरिनगर गाँउपालिका-५ मै बस्ने ३७ वर्षीय इसा अन्सारीलाई समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

कार, रकम र चालक सशस्त्र प्रहरीको नियन्त्रणमा।

प्रारम्भिक सोधपुछमा उनले सो रकमको स्रोत खुलाउन नसकेकाले नगदसहित कार र उनलाई अनुसन्धान तथा कारबाहीका लागि  राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .