हाल देशका विभिन्न स्थानमा वर्षा जारी छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) राति कोसी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ।
कोसी, मधेस र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना महाशखाले जनाएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान आसपास र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज सोमबारदेखि वर्षाको मात्रा क्रमशः घट्ने सम्भावना छ।
4.9k
Shares
प्रतिक्रिया