ad ad

समाज


चितवनको सिमलतालमा बस र ट्रक ठोकिए

दुर्घटनापछि बसका चालक फरार
चितवनको सिमलतालमा बस र ट्रक ठोकिए

घटनास्थल


सुनिता विष्ट
भदौ १६, २०८१ आइतबार ८:१०, हेटौँडा

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर–२९ सिमलतालमा बस र ट्रक ठोक्किएका छन्। 

आज (आइतबार) बिहान  ७ बजेतिर बस र ट्रक ठोकिँदा केही यात्रु घाइते भएका प्रहरीले जनाएको छ। 

मुग्लिनबाट चितवनतर्फ आउँदैै गरेको ग २ ख ११०८ नम्बरको ट्रक र चितवनबाट काठमाडौँ जाँदै गरेको आर ०१ टि ६३७२ नम्बरको भारतीय बस आपसमा ठोकिएका जिल्ला प्रहरी कार्यालय चितवनमा सूचना अधिकारी डीएसपी भेषराज रिजालले जानकारी दिए। 

दुर्घटनामा ट्रक चालक धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ का २८ बर्षीय राजन क्षेत्री घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको रिजालले बताए। 

यस्तै ट्रकमा सवार बाराको आदर्श देवल गाउँपालिका–५ का ३० बर्षीय मन्ज रावल बराई र उनका ६ वर्षका छोरा आशिष रावल बराई घाइते भएका छन्। 

घाइतेहरुलाई उपचारको लागि अस्पताल लैजाने काम भैरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बसका चालक फरार छन्। उनको खोजी भइरहेको एसपी रिजालले जानकारी दिए। प्रहरीका अनुसार बसमा सवार यात्रु भने सकुशल छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .