ad ad

समाज


पक्राउ पर्दैगर्दा प्रसाईंले भने– एक थोपा रगत हुँदासम्म केपी ओलीसँग लड्छु

पक्राउ पर्दैगर्दा प्रसाईंले भने– एक थोपा रगत हुँदासम्म केपी ओलीसँग लड्छु

नेपालखबर
असोज ६, २०८१ आइतबार १८:१९, काठमाडौँ

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो शरीरमा एक थोपा रगत बाँकी हुँदासम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लडिरहने बताएका छन्।

प्रसाईंले आफू तस्करहरूविरुद्ध लड्दा पक्राउ पर्नुपरेको टिप्पणी पनि गरे। 

‘तस्करहरूको विरुद्धमा लड्दा आज यो मैले भोगेको छु। एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु,’ उनले भने। 

प्रसाईंलाई प्रहरीले आइतबार उनकै भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो। उनलाई अहिले म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पुर्‍याइएको छ। 

उनले प्रहरीलाई समेत आफूलाई भ्रष्टाचारीलाई गरेजस्तो नगर्न भने। ‘पक्रिएजस्तो नगर्नुस् न, म आफैँ (गाडी) चढिहाल्छु नि। भ्रष्टाचारीलाई गरेजस्तो नगर्नुस् न,’ उनले प्रहरीको भ्यानमा चढ्दा भनेका छन्।

प्रसाईंको म्याद थपका लागि न्यायाधीश बालकृष्ण वाग्लेको इजलासमा अहिले बहस भइरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतका पीडित महिलाले प्रसाईंविरुद्ध ब्युरोमा जाहेरी दिएका थिए। 

सोही जाहेरीपछि अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने लगायतका विषय उल्लेख गरेर प्रसाईंविरुद्ध जाहेरी परेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .