ad ad

समाज


मन्त्रालयमा बोलाएर चणिकलाललाई कार्यवाहक प्रधानमन्त्री सिंहले सम्मान गरे

चणिकलालले उपप्रधानमन्त्री सिंहलाई भने- घाइतेको उपचारमा ध्यान दिनुस्
मन्त्रालयमा बोलाएर चणिकलाललाई कार्यवाहक प्रधानमन्त्री सिंहले सम्मान गरे

नेपालखबर
असोज १४, २०८१ सोमबार १३:१७, काठमाडौँ

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङको साहसको प्रशंसा गर्दै सम्मान गरेका छन्। 

आज शहरी विकास मन्त्रालयमा बोलाएर उपप्रधानमन्त्री सिंहले तामाङलाई सम्मान गरेका हुन्। 

तामाङले शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उर्लंदो भेलमा हेलिएर उद्धार गरेका थिए। 

कार्यवाहक प्रधानमन्त्री सिंहले मानवीय भावना देखाएर नदिमा बगिरहेकाहरुको उद्धार गरेको भन्दै तामाङको साहसी कामको प्रशंसा गरे।

 ‘तपाईं आफैँलाई जोखिममा राखेर उद्धारमा खटिनुभयो। मानवीयता देखाउनुभयो। तपाईंको साहसको उच्च प्रशंसा गर्दछु,’ उउनले भने, ‘ सरकारले अहिले राहत र उद्धारमा काम गरिररहेको छ। घाइतेहरुको उपचारको जिम्मा लिने भनेर घोषणा गरिसकेको छ। घाइतेको उपचारमा सरकारले प्राथमिकताका साथ काम गरिररहेको छ।’ 

तामाङले घाइतेहरुको उपचारमा विशेष ध्यान दिन सिंहलाई आग्रह गरेका छन्। तामाङलाई बागमती प्रदेश सरकारले डेढलाख रुपैयाँ नगदसहित सम्मान गर्ने घोषणा गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .