ad ad

समाज


दाउरा निकाल्ने क्रममा झोलुंगेपुलबाट राप्ती नदीमा खसेका किशोरको उद्धार

दाउरा निकाल्ने क्रममा झोलुंगेपुलबाट राप्ती नदीमा खसेका किशोरको उद्धार

नेपालखबर
असोज २१, २०८१ सोमबार ११:२६, काठमाडौँ

राप्ती नदीमा फसेका एक किशोरको दाङ प्रहरीले उद्धार गरेको छ। 

सोमबार साँझ राप्ती गाउँपालिका- ३ खुरुरियास्थित राप्ती नदिमा रहेको झोलुङेपुलबाट नदीमा खसेका १३ वर्षीय किशोरको इलाका प्रहरी कार्यालय भालुबाङको टोलीले उद्धार गरेको हो। 

बाढीले ल्याएका दाउरा निकाल्ने क्रममा स्थानीय १३ वर्षीय सुधन चौधरी अचानक नदिमा खसेका थिए। नदीले बगाउँदै लगेपछि उनी पानी नभएको नदीको बीचभागमा निस्किएका थिए। 

त्यहाँबाट नदी पार गरेर आउन नसकेका किशोरलाई तत्कालै इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी टोली र ज्वालामाई गणबाट गएको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .