ad ad

समाज


सुनसरीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपालखबर
असोज २२, २०८१ मंगलबार १३:११, काठमाडौँ

सुनसरीको इनरुवा नगरपालिका–३ मा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

महेन्द्र चोकस्थित सडकमा प्र ०१–००१ च ०८४४ नम्बरको बोलेरो गाडी अनियन्त्रित भइ दुर्घटनामा परेको थियो। दुर्घटनामा सोही बोलेरोका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार मृत्यु हुने ती युवकको नाम, थर र वतन खुलिसकेको छैन। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

साथै दुर्घटनामा घाइते भएका गाडी चालकको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .