ad ad

समाज


कोरोनाबाट बेलायतमा एकैदिन ३८१ को मृत्यु, बीस हजारको मृत्यु हुन सक्ने डाक्टरको भनाइ

कोरोनाबाट बेलायतमा एकैदिन ३८१ को मृत्यु, बीस हजारको मृत्यु हुन सक्ने डाक्टरको भनाइ

प्रजय शुक्ल
चैत १८, २०७६ मंगलबार १६:२५,

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आज एकैदिनमा दुई गुणा बढेको छ। मंललबार मात्रै कोरोना संक्रमणबाट ३ सय ८१ जनाको मृत्यु भएको छ। एकैदिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो।

कोरोना संक्रमणबाट बेलायतलमा हालसम्म १७ सय ८९ जनाको मृत्यु भइसकेको छ भने २५ हजार १ सय ५० जना संक्रमित भएका छन्।

मृत्यु हुनेमा १९ वर्षदेखि ९८ वर्षका मानिसहरु थिए। जसमध्ये २८ जनाको विगतमा स्वास्थ्यमा कुनै खराबी थिएन। कोरोनाबाट मृत्यु हुनेमा १९ वर्षीय व्यक्ति बेलायतको सबै भन्दा कम उमेरको रहेका छन्।

कोरोनाको संक्रमणपछि बेलायतमा ८ दिनदेखि लकडाउन गरिएकको छ। एनएचएच इंगल्याण्डका मेडिकल डाइरेक्टर स्टेफेन पोविसका अनुसार बेलायतमा संक्रमणबाट २० हजार मानिसको मृत्यु हुन सक्ने छ।

पोविस भन्छन, ‘हामीले मृत्यु हुनेको संख्या २० हजार भन्दा कम गर्न सक्यौं भने धैरो राम्रो हुन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .