ad ad

समाज


आरडीटी पोजेटिभ देखिएका कञ्चनपुरका दुई जनाको पीसीआर रिपोर्ट नेगेटिभ

आरडीटी पोजेटिभ देखिएका कञ्चनपुरका दुई जनाको पीसीआर रिपोर्ट नेगेटिभ

गोकुल जोशी
बैशाख १३, २०७७ शनिबार १४:५०,

र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ आएका कञ्चनपुरका दुई जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

आरडीटी टेस्टमा पोजेटिभ आएका भीमदत्त नगरपालिकाका कर्मचारी र भीनपास्थित जिमुवा प्रहरी चौकीमा कार्यरत प्रहरी जवानको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको स्रोतले जनाएको छ। थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धनगढीस्थित प्रयोगशालामा पठाइएको थियो।

‘प्रयोगशालामा बुझ्दा आरडीटी पोजेटिभ आएका दुई जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भएको छ’, स्रोतले भन्यो। ११ वैशाख र १२ बैशाखमा गरिएको आरडीटी टेस्टमा कोरोना पोजेटिभ देखाएपछि उनीहरुलाई महाकाली अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।
गत चैत्र २७ गतेदेखि सुरु गरिएको आरडीटी टेस्ट जिल्लाका नौ वटै स्थानीय तहमा गरी हालसम्म ९ सय ७९ जनामा गरिएको छ। भारतबाट आएका, क्वारेन्टिनमा बसेका तथा भारतीय सीमासंग जोडिएका गाउँमा आरडीटी टेस्ट लक्षित गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए।

कञ्चनपुरका लागि २ हजार ८ सय किट आएको छ। १६ दिनको अवधिमा हालसम्म भीमदत्त नगरपालिकामा ४ सय २७ जना, वेदकोट नगरपालिकामा एक सय ७९ जना, महाकाली नगरपालिकामा ३८ जना, शुक्लाफाँटा नगरपालिकामा ५३ जना, कृष्णपुर नगरपालिकामा एक सय ५२ जना, पुनर्वास नगरपालिकामा ४८ जना, बेलौरी नगरपालिकामा ४१ जना, बेलडाँडी गाउँपालिकामा २६ जना र लालझाँडी गाउँपालिकामा १५ जनाको आरडिटी टेस्ट गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .