ad ad

समाज


बागमतीमा ११ लाख बढी बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

बागमतीमा ११ लाख बढी बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

सुनिता विष्ट
चैत १४, २०८० बुधबार १०:३४, हेटौँडा

बागमती प्रदेशमा ११ लाख भन्दा धेरै बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन्। 

बागमती प्रदेशमा ११ लाख १८ हजार २४६ बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइएको हो। 

फागुन १३ गतेदेखि चैत ७ गतेसम्म सञ्चालित खोप अभियानमा बागमती प्रदेशका १३ जिल्लामा ११ लाख भन्दा बढी बालबालिकामा खोप लगाइएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौँडाले जनाएको छ। 

यस अभियानमा बागमतीमा १२ लाख भन्दा बढी बालबालिकामा दादुरा रुबेलाको खोप लगाउने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा १ लाख ३ हजार कम बालबालिकामा खोप लगाइएको निर्देशनालयले जनाएको छ। प्रदेशको १३ जिल्लामा १२ लाख २१ हजार ५२० बालबालिकामा खोप लगाइने लक्ष्य लिएको थियो। 

प्रदेशका १३ जिल्ला मध्ये सबैभन्दा बढी काठमाडौँमा ५ लाखभन्दा धेरै बालबालिकामा दादुरा–रुबेला विरुद्धको खोप लगाइएको छ। काठमाडौँमा ५ लाख १९ हजार ४८३ बालबालिकामा खोप लगाइएको छ। त्यहाँ ५ लाख ९७ हजार ३०५ बालबालिकामा खोप लगाउने लक्ष्य राखिएकोमा लक्ष्य कम खोप लगाइएको तथ्यांक छ। 

यस्तै, चितवनमा १ लाख ९३ हजार ७९३ बालबालिकामा खोप लागइएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्यांक छ। निर्देशनालयका अनुसार चितवनमा भने लक्ष्य भन्दा बढी बालबालिकामा खोप लगाइएको छ। चितवनमा १ लाख ६० हजार ४९४ बालबालिकामा खोप लगाइने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा ३३ हजार बढी बालबालिकाले खोप लगाएका हुन्।

सिन्धुपाल्चोकमा १५ हजार ४५८ बालबालिकामा खोप लगाइएको जनाएको छ। त्यहाँ १५ हजार ६६८ बालबालिकामा दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य राखिएको थियो। भक्तपुरमा १ लाख १८ हजार बालबालिमा दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य लिएकोमा खोप अभियानमा १ लाख १२ हजार ९७० बालबालिकामा खोप लगाइएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ। 

यस्तै, १ लाख ५४ हजार ५१४ बालबालिकामा खोप लगाउने लक्ष्य लिएको ललितपुरमा १ लाख ४७ हजार ४७४, १७ हजार ६२२ बालबालिकामा खोप लगाउने लक्ष्य राखिएको नुवाकोटमा १६ हजार ४७४ बालबालिकामा खोप लगाएको जनाएको छ भने २३ हजार ९५८ बालबालिकामा खोप लगाउने लक्ष्य राखिएको काभ्रेपलाञ्चोकमा २१ हजार ९७५ बालबालिकामा खोप लगाइएको निर्देशनालयको तथ्यांक छ।

यस्तै, २२ हजार २ सय ३७ बालबालिकामा खोप लगाउने लक्ष्य राखिएको धादिङमा २० हजार ३० बालबालिकामा खोप लगाइएको जनाएको छ भने ४ हजार ६३ बालबालिकामा खोप लगाउने लक्ष्य राखिएको रसुवामा ३ हजार ६५७ बालबालिकामा दादुरा–रुवेलाको खोप लगाइएको बताइएको छ।

सिन्धुलीमा २१ हजार ७४ बालबालिकामा खोप लगाउने लक्ष्य राखिएको १८ हजार ९४४, मकवानपुरमा ३४ हजार ६४० बालबालिकामा खोप लगाउने लक्ष्य राखिएको ३० हजार ८०३ बालबालिकामा खोप लगाइएको छ भने दोलखामा ११ हजार २५६ बालबालिकामा खोप लगाउने लक्ष्य लिएकोमा ९ हजार ८३५, रामेछापमा ११ हजार ६८९ बालबालिकामा खोप लगाउने लक्ष्य लिएकोमा ८ हजार ८० बालबालिकामा खोप लगाइएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ। 

बागमतीमा खापे अभियान सञ्चालनका लागि ५ हजार बढी खोप केन्द्रहरु निर्धारण गरिएको थिया । निर्देशनालयका अनुसार प्रदेशका ११९ स्थानीय तहमा ५ हजार ७८८ वटा अभियान सञ्चालनका लागि खोप केन्द्रहरु निर्धारण गरिएको थियो।

जसमा काठमाडौँमा १ हजार ६७०, ललितपुरमा ६२२ वटा, भक्तपुरमा ३९४ वटा, रसुवामा ५४ वटा, नुवाकोटमा २८१ वटा, धादिङमा १०४ वटा, चितवनमा ७१८ वटा, मकवानपुरमा ५२० वटा, सिन्धुलीमा ३४७ वटा, रामेछापमा २०७ वटा, दोलखामा २३१ वटा, सिन्धुपाल्चोकमा ३०० वटा र काभ्रेमा ४२९ वटा खोप केन्द्रहरु निर्धारण गरिएको थियो। सो खोप केन्द्रका ५ हजार ४९ स्वास्थ्यकर्मी र स्वयंसेवक १२ हजार ३४१ जना खटिएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .