ad ad

समाज


बेपत्ता व्यक्ति खोज्न भोलि सेती नदीको बाँध खोलिने

बेपत्ता व्यक्ति खोज्न भोलि सेती नदीको बाँध खोलिने

फाइल तस्बिर


नेपालखबर
चैत १४, २०८० बुधबार १२:६, काठमाडौँ

झण्डै एक महिनादेखि बेपत्ता रहेका व्यक्तिको खोजि गर्न भोलि (बिहीबार) सेती नदीको बाँध खोलिने भएको छ। 

गएको फागुन १८ गतेदेखि कास्कीको पोखरा महानगरपालिका ११ का सुगन बास्तोला बेपत्ता छन्। महानगरपालिका ३ स्थित नदीपुर पुरानो पुलबाट सेती नदीमा हामफालेका भनिएका बास्तोलालाई एक महिनादेखि प्रहरीले खोजतलास गरिरहेको छ। 

फागुन २२ गते सेती नदीको पानीको बहाब बढाएर खोजतलास गरिए पनि फेला परेका छैनन्। 

अब चैत १५ गते दिउँसो ११ बजेदेखि पोखरा महानगरपालिका १६ दिपस्थित रहेको ड्याम खोल्ने र पानीको बहाब बढाएर खोजतलास गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। 

उक्त समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरुलाई चनाखो भई काम गर्न, नदिको किनारमा नजान र सुरक्षा सतर्कता अपनाउन समेत प्रहरीले अनुरोध गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .