ad ad

समाज


बाँकेमा टिपरले ठक्कर दिँदा ३५ वर्षीय युवकको मृत्यु

बाँकेमा टिपरले ठक्कर दिँदा ३५ वर्षीय युवकको मृत्यु

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १०:४९, बाँके

बाँकेको राप्तीसोनारीमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु भएको छ। 

पूर्वपश्चिक राजमार्गामा पर्ने राप्तीसोनारी-९ स्थित ढकेरीमा भे १ ख ३०१९ नम्बरको टिपरले भे १० प १४१३ नम्बरको​ मोटरसाइकललाई ठक्कर दिँदा राप्तीसोनारी-८ का ३५ वर्षीय लोकेन्द्र विष्टको मृत्यु भएको हो।

गएराति साढे ९ बजे कोहलपुरबाट पूर्वतर्फ आउँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए। 

दुर्घटनापछि फरार रहेका टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनामा संलग्न टिपरमा स्थानीयले आगजनी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .