ad ad

समाज


पूर्वडीआईजी छविलाल जोशी पक्राउ

पूर्वडीआईजी छविलाल जोशी पक्राउ

नेपालखबर
असोज ६, २०८१ आइतबार १७:३३, काठमाडौँ

सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी बन्जाडे पक्राउ परेका छन्। उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो।

सहकारी ठगी प्रकरणमा जोडिएका जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौँ प्रहरीले पक्राउ गरेको हो।

सहकारीको रकम अपचलन बारे छानविन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदन बुझेकै दिन प्रहरीले जोशीलाई पक्राउ गरेको हो।

समितिले जोशीलाई पनि कानुनी दायरामा ल्याउन सिफारिस गरेको थियो। 

गृहमन्त्री रमेश लेखकले आइतबार नै प्रहरी प्रधान कार्यालय प्रतिवेदन पठाउँदै कानुनी दायरामा ल्याउन निर्देशन दिएका थिए। समितिले पूर्व गृहमन्त्री रबि लामिछानेलाई पनि कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको छ। 

सूर्यदर्शन सहकारी ठगीको कसुरमा लामिछाने र पूर्वडीआईजी जोशीसहितविरुद्ध पूरक जाहेरी जिल्ला प्रहरी कार्यालय कास्कीमा दायर भएको थियो।

अनुसन्धान टुंगिन लाग्दा प्रहरीले आफ्नै पूर्व हाकिमलाई पक्राउ गरेको हो।

गत माघ २४ गते जोशीको शंखमूलस्थित घरमा प्रहरीले छापा मारेको थियो।

उनको घरबाट बरामद भएका चारवटा सर्भरमा जीबी भन्ने गितेन्द्र बाबु राई जोडिएका चारवटा सहकारीको १० अर्ब रुपैयाँभन्दा बढी कारोबारको विवरण प्रहरीले फेला पारेको थियो।

सर्भरमा पोखराको सूर्यदर्शन सहकारी, चितवनको सहारा सहकारी, वीरगञ्जको सानोपाइला सहकारी, बुटवलको सुप्रिम सहकारीको पनि कारोबार विवरण फेला परेको थियो।

जीबी राईका व्यावसायिक साझेदार समेत रहेका पूर्वडीआईजी जोशीले ती सहकारीको तथ्य खुल्ने सर्भर लुकाइदिएको खुले पनि उनका विरूद्धमा मुद्दा दायर गरिएको थिएन। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .